यस्तो छ सैफ र अर्जुनको ‘भूत पुलिस’को ट्रेलर

यस्तो छ सैफ र अर्जुनको ‘भूत पुलिस’को ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरर कमेडी सिनेमा ‘भूत पुलिस’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता सैफ अली खान र अर्जुन कपूर तान्त्रिकको रुपमा देखिएका छन् । ट्रेलर हेर्नुस् :-

पवन कृपलानीले निर्देशन गरेको सिनेमामा सैफ र अर्जुनसँगै यामी गौतम र ज्याकलीन फर्नांडिसको पनि मुख्य भुमिका रहेको छ ।

यो सिनेमा पहिला सिनेमाघरमा रिलिज गर्ने भनिएको थियो । तर, कोरोना महामारीका कारण ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । सिनेमा डिज्नी प्लस हटस्टारमा १७ सिक्टेबर देखि रिलिज हुँदैछ ।