अक्षयको ‘बेलबटम’लाई सकारात्मक प्रतिक्रिया

अक्षयको ‘बेलबटम’लाई सकारात्मक प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनीत सिनेमा ‘बेलबटम’ बिहीबारदेखि रिलिज भएको छ ।

कोरोना महामारीपछि निर्माताहरुले सिनेमा डिजिटल प्लेटफर्ममा रिलिज गरिरहेका छन् । भने यो सिनेमा ५० प्रतिशत अकुपेन्सीमा सिनेमाघरमा रिलिज गरिएको छ ।

सिनेमाले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । त्यस्तै, बलिउड सेलिब्रेटीहरुले पनि सिनेमा राम्रो रहेको प्रतिक्रिया दिइरहेका छन् । तर, सिनेमाले पहिलो दिन बक्स अफिसमा खासै कमाल देखाउन सकेन । सिनेमाले पहिलो दिन बक्स अफिसमा २.७५ करोड कलेक्सन गरेको छ ।

रञ्जित तिवारी निर्देशित सिनेमामा अक्षयसँगै वाणी कपुर, हुमा कुरेशी, लारा दत्तालगायत कलाकारको अभिनय छ ।