‘केजीएफ २’को प्रदर्शन मिति घोषणा

‘केजीएफ २’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –  प्रतिक्षित सिनेमा ‘केजीएफ च्याप्टर २’को प्रदर्शन मिति तय भएको छ । कोरोना महामारीको स्थिति सामान्य भए सिनेमा २४ अप्रिल २०२२मा रिलिज हुनेछ । आइतबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

नयाँ पोस्टरमा अभिनेता यशराजसँग अन्य पात्रहरुलाई पनि प्रस्तुत गरिएको छ । प्रशान्त नीलले निर्देशन गरेको कन्नड सिनेमामा यश र श्रीनीधि शेट्टी मुख्य भुमिकामा छन् । सिनेमामा रविना टन्डन र सञ्जय दत्तको पनि अभिनय छ ।