कंगनाको ‘थलाइवी’ सेप्टेबरमा रिलिज हुने

कंगनाको ‘थलाइवी’ सेप्टेबरमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कंगना रनावत अभिनित सिनेमा ‘थलाइवी’को प्रदर्शन मिति तय भएको छ । सिनेमा १० सेप्टेम्बर अर्थात भदौ २५ गते मा रिलिज हुने भएको छ ।

कंगनाले सिनेमाको नयाँ पोस्टर सार्वजनिक गर्दै समाजिक सञ्जालमा लेखेकी छन्, ‘एक प्रतिष्ठित व्यक्तिको कथा ठूलो स्क्रिनमै देखाउनु उचित हुन्छ । अब थलाइवी रिलिज हुनका लागि पूर्ण तयार छ । १० सेप्टेम्बरमा सिनेमा घरहरुमा रिलिज हुनेछ ।’

यो तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयाललिताको बायोपिक हो । जयाललिता अभिनेत्री पनि हुन् । सिनेमामा जयालतिताको भुमिका कंगनाले निर्वाह गरेकी छन् । ए एल विजयले निर्देशन गरेको सिनेमामा अरविन्द स्वामी, नसर, भाग्यश्री, राज अर्जुन र मधु बालालगायतको अभिनय छ ।