सलमानलाई एयरपोर्टमा रोक्ने जवानको मोबाइल जफत

सलमानलाई एयरपोर्टमा रोक्ने जवानको मोबाइल जफत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडका सुपरस्टार सलमान खानलाई मुम्बई एयरपोर्टमा रोक्ने सीआईएसएफको एएसआई सोमनाथ मोहन्ती माथि प्रोटोकल तोड्ने आरोप लागेको छ । यसैबीच सीआईएसएफ जवान सोमनाथको मोबाइल फोन जफत गरिएको छ ।

‘टाइगर ३’को सुटिङका लागि रुस जान लागेका सलमानलाई सोमनाथले विमानस्थलमा कागजातपत्र प्रमाणिकरणका लागि रोकेका थिए । प्रवेश गर्नु अघि सीआईएसएफ जवानले सलमानलाई कागजात देखाउन भनेका थिए ।

फोटोग्राफर विरल भियानीले यो घटनाको एउटा भिडियो सामाजिक सञ्जालमा सेयर गरेका थिए, उक्त भिडियो तीब्र रुपमा भाइरल हुन थाल्यो । त्यसपछि सोमनाथको ड्युटीमा सक्रिय भएको भन्दै प्रशंसा भयो । तर, ड्युटीकै समयमा मिडियासँग कुराकानी गरेको आरोपमा उनको मोबाइल जफत गरिएको छ ।

सीआईएसएफको एक अधिकारीका अनुसार, यो प्रोटोकलको उल्लंघन हो । सोमनाथ मोहन्ती अब कुनै मिडियासँग कुराकानी गर्न नसकून् भन्नका लागि उनको मोबाइल जफत गरिएको छ ।

‘टाइगर ३’मा सलमान रअ एजेन्ट र अभिनेत्री कट्रीना कैफ आईएसआईको एजेन्टको भुमिकामा देखिदैछन् । टाइगर सीरीजको पहिलो सिनेमा ‘एक था टाइगर’ र दोस्रो सिनेमा ‘टाइगर जिन्दा है’ थियो । ‘टाइगर ३’मा इमरान हाशमी भिलेनको भुमिकामा देखिनेछन् ।

-एजेन्सी