‘अमिताभ बच्चनमाथी चिच्याउन मुश्किल थियो’: इमरान

‘अमिताभ बच्चनमाथी चिच्याउन मुश्किल थियो’: इमरान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन र इमरान हाशमी अभिनित सिनेमा ‘चेहरे’ आज शुक्रबारबाट सिनेमा हलमा रिलिज भएको छ । यस अगाडी अक्षय कुमार अभिनित सिनेमा ‘बेल बटम’ पनि हलमै प्रदर्शन भएको थियो । समीक्षकको तारिफ बटुले पनि सिनेमाले बक्स अफिसमा खासै कमाल देखाउन सकेन ।

कोरोना महामारीका कारण दर्शकहरु हलसम्म आउन हिच्किचाई रहेका छन् । तर, बलिउड सिनेमाले धमाधम रिलिज डेट घोषणा गरिरहेका छन् । अभिनेता इमरानले हलवालालाई सहयोग गर्न हलमै सिनेमा रिलिज गरेको बताए । ‘महाराष्ट्रको सिनेमा हल अझै खुल्न सकेको छैन । यस्तोमा हलवालाहरु पनि लामो समय देखि मारमा परिरहेका छन् । उनीहरुको पनि आफ्नै खर्च छ । त्यसैले उनीहरुलाई सर्पोट गर्नुपर्छ । यो एक रिस्क फ्क्याटर हो, तर यो महामारी कहिले सकिन्छ भनेर थाहा छैन । हामी आफ्नो काम गरिरहेका छौं । त्यसैले जो थिएटरमा सिनेमा हेर्न चाहन्छन् उनीहरुले हेर्छन् । फेरि पाँच हप्तापछि सिनेमा ओटीटीमा आइहाल्छ’, उनले भने ।

इमरानले अमिताभसँग काम गर्दाको अनुभव सुनाउदै भने, ‘मेरो लागि आरोप–प्रत्यारोप वाला सीन गर्न मुश्किल थियो । किनकी हामी अमितजीको सिनेमा हेरेरै हुर्किएका हौं । म उहाँको फ्यान हुँ । उहाँमाथी चिच्याउन कराउन शुरुमा अजीव लागेको थियो, तर उहाँ निकै सपोर्टिभ हुनुहुन्छ । एक अभिनेताको हिसाबले उहाँले सहयोग गर्नु भयो । उहाँबाट मैले एक चीज सिक्ने अवसर पाए कि उहाँ आफ्नो कामलाई लिएर निकै अनुशासित हुनुहुन्छ । सेटमा पनि समयमै आउनु हुन्छ । निर्देशकले ब्रेक नदिए सम्म उहाँ सेटमै बस्नुहुन्छ ।’

-एजेन्सी