anmol jasita

कृष्ण जन्माष्ठमीमा ‘राधे श्याम’को पोस्टर सार्वजनिक

कृष्ण जन्माष्ठमीमा ‘राधे श्याम’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कृष्ण जन्माष्ठमीको अवसर पारेर साउथ सिनेमा ‘राधे श्याम’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा साउथ अभिनेता प्रभास र पूजा हेगडेलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा पूजालाई पियानो बजाउँदै गरेको देख्न सकिन्छ । भने प्रभास पूजाकै छेउमा बसेर हेरिरहेको देख्न सकिन्छ । पिरियड रोमान्टिक ड्रामा सिनेमामा प्रभास र पूजाको मुख्य भुमिका छ । राधा कृष्ण कुमालले निर्देशन गरेको सिनेमामा वामसी कृष्ण रेड्डी, प्रमोद उप्पलपति र भूषण कुमारको लगानी छ ।

यो सिनेमा हिन्दी, अंग्रेजी र तेलुगू भाषामा १४ जनावरी २०२२ देखि प्रदर्शन हुनेछ ।