४ वर्षपछि हलिउड सिनेमामा दीपिका

४ वर्षपछि हलिउड सिनेमामा दीपिका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हलिउड सिनेमा ‘ट्रिपल एक्सः द रिटर्न अफ जान्डर केज’ पछि बलिउड अभिनेत्री दीपिका पादुकोण पुनः एकपटक हलिउड सिनेमामा देखिने भएकी छन् । उनी करिब ४ वर्षपछि हलिउड सिनेमामा देखिँदैछिन् । निर्माणको प्रक्रियामा रहेको रोमान्टिक कमेडी सिनेमा क्रस कल्चरमा आधारित हुनेछ ।

यो सिनेमाको हालसम्म नाम राखिएको छैन । सिनेमा दीपिका प्रमुख भूमिका निभाएसँगै उनी एसटीएक्स सिनेमासँग सहकार्य गर्दै सहनिर्माता पनि बन्दैछिन् । दीपिकाले सिनेमा ‘छपाक’मार्फत फिल्म निर्माणमा पाइला चालेकी थिइन् ।

दीपिकाले यो हलिउड सिनेमाको लागि स्टुडियोको टेम्पल हिल प्रोडक्सनसँग कुराकानी गरिरहेकी छन् । जसले ‘ट्वालाइट’ फ्रेञ्चाइजी र ‘द फल्ट इन आवर स्टार्स’ जस्ता सिनेमा निर्माण गरेको थियो । दीपिकाले एसटीएक्स फिल्म्स र टेम्पल हिल प्रोड्रक्सनसँग साझेदारी गर्न उत्साहित रहेका बताइन् । ‘दुनियाँमा प्रभावशाली र गतिशील कस सांस्कृतिक कहानी लिनको लागि तयार छु’ उनले भनिन् ।

दीपिकाको हलिउड सिनेमा ‘ट्रिपल एक्सः द रिटर्न अफ जान्डर केज’ २०१७ जनावरीमा प्रदर्शन भएको थियो । उनी कबीर खानको ‘८३’, शकुन बत्राको अनटाइटल सिनेमा, अमिताभ बच्चन र ऋतिक रोशनसँग ‘द इन्टर्न’को हिन्दी रीमेकमा देखिनेछिन् ।