सुटिङको लागि नेपाल आउँदै अमिताभ, अनुपम, बोमन र परिणिती

सुटिङको लागि नेपाल आउँदै अमिताभ, अनुपम, बोमन र परिणिती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र अभिनेत्री परिणिती चोपडा सिनेमाको सुटिङका लागि नेपाल आउने भएका छन् । सुरज वर्जत्यले निर्देशन गर्ने सिनेमा ‘उचार्ई’ छायांकनका लागि उनीहरु असोज तेस्रो सातामा नेपाल आउन लागेका हुन् ।

अक्टोबर ५ मा काठमाडौंदेखि सुरु हुने सुटिङ लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने भएको छ । सुटिङ र यात्रा गरेर फिल्म युनिट एक महीना नेपालमा रहने भएको छ । सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले संचार मन्त्रालयसँग अनुमति मागेको छ । अमिताभ बच्चन काठमाडौंसम्म आइपुग्ने भएपनि स्वास्थ्यका कारण हिमाली भेगमा सुटिङका लागि जाने वा नजाने निश्चित नभैसकेको छैन ।

सिनेमा छायांकन नेपालमा हुने जानकारी दुई बलिउड वेबपोर्टल कोइमोइ र पिंकभिल्लाले पनि दिएका छन् । मित्रताको कथा प्रस्तुत गर्ने सिनेमामा नीना गुप्ताको पनि मुख्य भूमिका हुनेछ । यो सिनेमा अर्काे वर्षको मध्यमा हलमै रिलिज गर्न तयारी निर्माण टिम छ ।