हाई एल्टीट्यूड कारण अमिताभ सुटिङको लागि नेपाल नआउने

हाई एल्टीट्यूड कारण अमिताभ सुटिङको लागि नेपाल नआउने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चन सिनेमा ‘उचाई’को छायांकनको लागि नेपाल आउने खबर बाहिरिएको थियो । आज अपरान्ह २:१५ बजे सिनेमाका निर्देशक सुरज बर्जत्यले नेपाल ओर्लिएसँगै यो खबर बाहिरिएको हो ।

सिनेमाको छायांकन मनाङ, मुस्ताङको ४५०० मिटर माथि हुनेछ । त्यसैले अमिताभको स्वास्थ्यमा असर पर्ने देखिएकाले उनी नेपाल नआउने भएका हुन् । उनी बाहेक अनुपम खेर, बोमन इरानी र अभिनेत्री परिणिती चोपडासँगै डेनी डेन्जोन्पा पनि नेपाल आउने छन् ।

मित्रताको कथा प्रस्तुत गर्ने सिनेमामा नीना गुप्ताको पनि मुख्य भूमिका हुनेछ । अक्टोबर ५ सिनेमाको नेपालमा छायांकन सुरु हुँदैछ ।