कृष्णाले मामा गोविन्दासँग ‘कपिल शर्मा शो’ गर्न अस्विकार गरे

कृष्णाले मामा गोविन्दासँग ‘कपिल शर्मा शो’ गर्न अस्विकार गरे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय कमेडियन कृष्णा अभिषेक र उनका मामा गोविन्दाबीच लामो समयदेखि मनमुटाव भइरहेको छ । उनीहरुको सम्बन्ध अझै सुध्रिएको छैन । हालै कृष्णाले ‘द कपिल शर्मा शो’को आगामी एपिसोड सुट गर्न अस्विकार गरेका छन् । किनकी उक्त एपिसोडमा कृष्णाका मामा गोविन्दा र उनकी पत्नी सुनिता अहूजा गेस्टको रुपमा आउँदैछन् ।

‘पछिल्लो १५ दिनदेखि म कपिल शर्माको शो र सिनेमाको छायांकनको लागि रायपुर र मुम्बई आउँदै जाँदैछु । म जहिले शोको लागि आफ्नो समय छुट्याउछु । तर, आगामी एपिसोडमा गोविन्दा र सुनिता गेस्टको रुपमा आउँदैछन् । त्यसैले म यस एपिसोडमा आउन चाहन्न । हामी दुई शोमा देखियौं भने दर्शकहरु मेरो र गोविन्दाजी बीच कटाक्ष सुन्न चाहन्छन् । त्यो भन्दा मैले परफर्म नै नगरेको राम्रो हुन्छ’ उनले भने ।

कृष्णा र गोविन्दाबीच २०१८ देखि मनमुटाव सुरु भएको थियो । कृष्णाको पत्नी कश्मीरा शाहले कोहि मान्छे पैसाको लागि नचाउँछन् भन्दै ट्वीट गरेकी थिइन् । सुनिताले उक्त ट्वीट गोविन्दाको विरुद्ध लेखेको बताएकी थिइन् । त्यसपछि गोविन्दा र सुनिताले कृष्णा र कश्मीरासँग सम्बन्ध तोडेका थिए । २०१९ मा गोविन्दा, सुनिता र उनकी छोरी टीना कपिल शर्मा शोमा आएका थिए । त्यतिबेला कृष्णा शोमा देखिएका थिएनन् ।

-एजेन्सी