गोविन्दाकी पत्नी सुनिताको आक्रोश, ‘कृष्णाको मुख पनि हेर्न चाहन्न’

गोविन्दाकी पत्नी सुनिताको आक्रोश, ‘कृष्णाको मुख पनि हेर्न चाहन्न’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय कमेडियन कृष्णा अभिषेक र उनका मामा बलिउड अभिनेता गोविन्दाबीचको मनमुटाव खत्म हुने नाम लिएको छैन । हालै अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजा कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा अतिथी बनेर पुगेका थिए । गोविन्दा र सुनिता आउने भएपछि कृष्णाले उक्त एपिसोड छायांकन गर्न अस्विकार गरेका थिए ।

कृष्णाले आफू र मामा गोविन्दाले एकसाथ स्टेज शेयर गर्दा दर्शकले आफूहरुबीच कटाक्ष सुन्न चाहने र त्यसकारण आफूहरुबीच अझै मनमुटाव बढ्न सक्ने भन्दै उक्त एपिसोट छायांकन गर्न अस्विकार गरेका थिए । कृष्णाको यो कुरा सुनेपछि गोविन्दा चुप लागेर बसेका छन् । भने उनकी पत्नी सुनिताले कृष्णाको मुख पनि हेर्न नचाहने बताएकी छन् ।

‘कृष्णाले उक्त एपिसोडमा सहभागी नहुनको लागि मेरो परिवारको बारेमा जे भनेका छन्, त्यसले मलाई निक्कै दुःखी बनाएको छ । गतवर्ष नै गोविन्दाले एक विज्ञप्ती जारी गर्दै घरको विषयलाई सार्वजनिक रुपमा मसला नबनाउने बताएका थिए । गोविन्दा यो कुरामा अडिएका छन् । तर, कृष्णाले सार्वजनिक रुपमा नै बोलेपछि यो विषयमा कुरा गर्न आवश्यक छ भन्ने मलाई लाग्छ’ सुनिताले भारतीय मिडियासँगको कुराकानीमा भनिन् ।

सुनिताले अगाडि भन्छिन् ‘जब हामी कपिलको शोमा अतिथी बनेर पुग्छौं, कृष्णाले प्रचारका लागि मिडियामा केही न केही बोलेका हुन्छन् । यो सबै कुरा गरेर के फाइदा छ ? घरको विषयलाई सार्वजनिक गर्नुको कुनै तुक छैन । कृष्णाविना पनि हामी उपस्थित भएको शो हिट हुन्छ । यसपटक पनि यही नै हुनेवाला छ ।’

कृष्णा र गोविन्दाबीच २०१८ देखि मनमुटाव सुरु भएको थियो । कृष्णाको पत्नी कश्मीरा शाहले कोहि मान्छे पैसाको लागि नचाउँछन् भन्दै ट्वीट गरेकी थिइन् । सुनिताले उक्त ट्वीट गोविन्दाको विरुद्ध लेखेको बताएकी थिइन् । त्यसपछि गोविन्दा र सुनिताले कृष्णा र कश्मीरासँग सम्बन्ध तोडेका थिए । २०१९ मा गोविन्दा, सुनिता र उनकी छोरी टीना कपिल शर्मा शोमा आएका थिए । त्यतिबेला कृष्णा शोमा देखिएका थिएनन् ।

-एजेन्सी