२२ अक्टोबरदेखि मुम्बईका हल खुल्ने, ‘सूर्यवंशी’ तिहारमा रिलिज हुँदै

२२ अक्टोबरदेखि मुम्बईका हल खुल्ने, ‘सूर्यवंशी’ तिहारमा रिलिज हुँदै

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी २२ अक्टोबर अर्थात कार्तिक ५ गतेदेखि भारतका मुम्बईका सबै सिनेमा हलहरु खुल्ने भएका छन् । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले मुम्बईको सिनेमा हलहरु खुल्ने घोषणा गरेसँगै अक्षय कुमार अभिनित सिनेमा ‘सूर्यवंशी’को रिलिज डेट घोषणा गरेको छ । यो सिनेमा तिहारको अवसर रिलिज हुनेछ ।

सिनेमाका निर्देशक रोहित शेट्टीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो माननीय सीएम श्री उद्धव ठाकरेलाई धन्यवाद ! २२ अक्टोबरदेखि महाराष्ट्रका सिनेमा घर खुल्दैछ । अब भन्न सक्छौं कि यस दिपावली… आउँदैछ पुलिस ।’

सूर्यवंशीले २०२० मार्च २४ रिलिज हुने भनिएको थियो । कोरोना महामारीको कारण सिनेमाको रिलिज डेट बारम्बार सरेको थियो । सिनेमामा अक्षय कुमारका साथै कट्रीना कैफको पनि मुख्य भुमिका रहेको छ ।