यशराजका ४ ठूला सिनेमाको रिलिज डेट घोषणा

यशराजका ४ ठूला सिनेमाको रिलिज डेट घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी २२ अक्टोबर अर्थात कार्तिक ५ गतेदेखि भारत मुम्बईका सबै सिनेमा हलहरु खुल्ने घोषणा गरेसँगै बलिउड सिनेमाले धमाधम रिलिज डेट तोक्न थालेको छ । यसैबीच यशराज फिल्म्सले ४ वटा सिनेमा रिलिज डेट तय गरेको छ । ‘बन्टी और बबली २’, ‘पृथ्वीराज’, ‘जयेशभाई जोरदार’ र ‘शमशेरा’को रिलिज डेट घोषणा गरिएको हो ।

यशराज फिल्म्स ब्यानरका सिनेमा ‘बन्टी और बबली २’ २०२१ नोभेबर १९, ‘पृथ्वीराज’ २०२२ जनावरी २१, ‘जयेशभाई जोरदार’ २०२२ फेबु्रअरी २५ र ‘शमशेरा’ २०२२ मार्च १८ मा रिलिज हुनेछ ।

वरुण वी शर्मा निर्देशित सिनेमा ‘बन्टी और बबली’मा सैफ अली खान, रानी मुखर्जी र सिद्धान्त चतुर्वेदीको मुख्य भुमिका छ ।

ऐतिहासिक सिनेमा ‘पृथ्वीराज’ गणतन्त्र दिवसको अवसर पारेर रिलिज गर्न लागिएको हो । यसमा अक्षय कुमार पौराणिक राजा पृथ्वीराज चौहानको भुमिकामा देखिदैछन् । यो सिनेमा मार्फत पूर्व विश्व सुन्दरी मानुषी छिल्लर बलिउडमा डेब्यू गर्दैछिन् । उनी पृथ्वीराजको राजकुमारी संयोगिताको भुमिकामा देखिनेछिन् ।

सिनेमा ‘जयेशभाई जोरदार’मा अभिनेता रणवीर सिंह एक गुजराती व्यक्तिको भुमिका निभाउँदैछन् । यो सिनेमा मार्फत शालिनी पाण्डे बलिउडमा डेब्यू गर्दैछिन् ।

करण मल्होत्र निर्देशित सिनेमा ‘शमशरा’मा रणबीर कपूर, वाणी कपूर र संजय दत्तको मुख्य भुमिका छ ।