धमाधम रिलिज डेट घोषणा गर्दै बलिउड सिनेमा

धमाधम रिलिज डेट घोषणा गर्दै बलिउड सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी अक्टोबर २२ अर्थात कार्तिक ५ गते देखि महाराष्ट्रका सबै सिनेमा हल खोल्ने निर्णय गरेसँगै बलिउड सिनेमाले धमाधम रिलिज डेट घोषणा गर्न थालेका छन् । बलिउड सिनेमाले रिलिज डेट घोषणा गर्न तछाडमछाड गरिरहँदा नेपाली सिनेमाका निर्माताहरु भने मौन छन् । उनीहरु बलिउड सिनेमाले दर्शक हलसम्म आउने माहोल बनाइदियोस् भनेर कुरेर बसिरहेका छन् ।

हालसम्म बलिउडका २५ सिनेमाले रिलिज डेट घोषणा गरेको छ । यशराज फिल्म्स ब्यानरका ४ ठूला सिनेमा ‘बन्टी और बब्ली–२, पृथ्वीराज, जयेश भाई जोरदार, शम्शेरा’ले रिलिज डेट तय गरेका छन् । त्यसैगरी, नाडियाडवाला ग्रान्डसनको ब्यानरमा बनेका ४ सिनेमाले पनि आइतबार नै रिलिज मिति घोषणा गरेका छन् ।

यो सँगै २०२१ मा १० वटा बलिउड सिनेमा रिलिज हुने भएका छन् । २०२१ अक्टोबर १ मा ‘भभाई’, तिहारमा ‘सूर्यवंशी’, नोभेम्बर ५ मा ‘नो मिन्स नो’, नोभेम्बर १९ मा ‘बन्टी और बब्ली २’, नोभेम्बर २६ मा ‘सत्यमे जयते २’, डिसेम्बर ३ मा ‘तडप’, डिसेम्बर १० मा ‘चन्दीगढ करे आशिकी’, क्रिसमसमा ‘८३’ र ‘पुष्पा-पार्ट १’ र डिसेम्बर ३१ म ‘जर्सी’ रिलिज हुनेछ ।

त्यस्तै, २०२२ मा १५ वटा सिनेमाले रिलिज डेट घोषणा गरिसकेका छन् । २०२२ जनावरी १४ मा ‘राधेश्याम’, जनावरी २१ मा ‘पृथ्वीराज’, भ्यालेन्टाइ डेमा ‘लाल सिंह चढ्ढा’, फेब्रुअरी २५ मा ‘जयेश भाई जोरदार’, मार्च ४ मा ‘बच्चन पाण्डे’, मार्च १८ मा ‘शमशेरा’, मार्च २५ मा ‘भूल भुलैया २’, अप्रिल १४ मा ‘केजीएफ २’, अप्रिल २९ ‘मेडे’, मे ६ मा ‘हिरोपन्थी २’, अगस्ट ११ मा ‘रक्षा बन्धन’ र प्रभाषको ‘आदिपुरुष’, सेक्टेबर ३० मा ‘विक्रम भेडा’को रिमेक, तिहारमा ‘राम शेतु’ र डिसेम्बर २३ मा ‘गनपथ’ रिलिज हुने भएका छन् ।

सलमान खानको ‘टाइगर ३’ र शाहरुख खानको ‘पठान’ २०२२ को मध्यतिर रिलिज गरिने भनिएपनि रिलिज डेट घोषणा गरिएको छैन ।