विजयको बलिउड डेब्यू सिनेमा ‘लाइगर’मा माइक टाइसन

विजयको बलिउड डेब्यू सिनेमा ‘लाइगर’मा माइक टाइसन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सुपरस्टार विजय देवरकोन्डा सिनेमा ‘लाइगर’ मार्फत बलिउडमा डेब्यू गर्दैछन् । यस सिनेमामा विजयसँग अनन्या पाण्डे देखिँदैछिन् । अब, विजय र अनन्याको अलवा एक दिग्गजको इन्ट्री भएको छ ।

करण जोहर प्रोडक्सनले निर्माण गर्न लागेको सिनेमामा विश्वविख्यात बक्सर माइक टाइसन विशेष भुमिकामा देखिदैछन् । निर्माता करणले ट्वीटरमा यो कुराको जानकारी दिएका हुन् । ‘हामी भारतीय सिनेमाको इतिहासमा पहिलोपटक रिंगका वास्तविक किङ भारतीय सिनेमाको पर्दामा देखिँदैछन् । लाइगरको टिममा हामी माइक टाइसनलाई स्वागत गर्दछौं’, उनले लेखेका छन् ।

माइक सन् २००९ मा हलिउड सिनेमा ‘ह्यांगओभर’ र सन् २०११ मा यसै सिनेमाको सिक्वेलमा देखिएका थिए । उनी सन् २०१५ को सिनेमा ‘आइपी मेन ३’मा पनि देखिएका छन् । यो एक चर्चित मार्सल आर्टस सिनेमा सिरिज थियो ।

सिनेमा ‘लाइगर’ हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा रिलिज हुनेछ । विजयले हिन्दी भर्सनका लागि हिन्दीमा आफैंले डबिङ गरेका छन् ।

-एजेन्सी