‘शमशेरा’को फर्स्टलुक पोस्टरमा रणबीर

‘शमशेरा’को फर्स्टलुक पोस्टरमा रणबीर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणबीर कपूरको ३९ औं जन्मदिनको अवसर पारेर सिनेमा ‘शमशेरा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार यशराज फिल्म्सले रणबीर प्रस्तुत पोस्टर सार्वजनिक गरेको हो ।

‘अ लेजेन्ड विल राइज्’को ट्याग लाइन सहितको  पोस्टरमा रणबीरले लामो कपाल पालेका छन् । करण मल्होत्राले निर्देशन गरेको सिनेमामा रणबीर कपूरसँगै संजय दत्त, वाणी कपूरको अभिनय छ । यो सिनेमा २०२२ मार्च १८ तारिखदेखि प्रदर्शन हुनेछ ।

यो सिनेमासँगै रणबीर ‘ब्रह्मास्त्र’लाई लिएर चर्चामा छन् । यस सिनेमामा रणबीर र उनकी प्रेमिका अभिनेत्री आलिया भट्ट पहिलो पटक एकसाथ देखिदैछन् ।