‘ड्राइभिङ्ग लाइसेन्स’को रिमेकमा अक्षय र इमरान

‘ड्राइभिङ्ग लाइसेन्स’को रिमेकमा अक्षय र इमरान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – करण जोहरको धर्मा प्रोडक्शनबाट निर्माण हुने कमेडी थ्रिलर सिनेमामा बलिउड अभिनेता अक्षय कुमार र इमरान हाशमी पहिलो पटक एकसाथ देखिने भएका छन् ।

भारतीय मिडिया अनुसार, यो मलयालम सिनेमा ‘ड्राइभिङ्ग लाइसेन्स’को हिन्दी रिमेक हो । सिनेमालाई राज मेहताले निर्देशन गर्नेछन् । अक्षय कुमार पृथ्वीराजको भूमिका निर्वाह गर्नेछन् र इमरान हाशमीले सुरज भेन्जरमुडुको भुमिकामा देखिनेछन् ।

जनावरीबाट सिनेमाको छायांकन सुरु हुनेछ ।