‘शमशेरा’मा रणबीरको डबल रोल

‘शमशेरा’मा रणबीरको डबल रोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणबीर कपूर सिनेमा ‘शमशेरा’मा डबल रोलमा देखिँदैछन् । उनले बाबु र छोरा दुबैको भूमिका निर्वाह गर्दैछन् ।

बाबु ‘शमशेरा’ को भूमिकामा देखिदा रणबीरको कपाल लामो हुनेछ । भने, छोरा बल्लीको भूमिकामा उनको छोटो कपाल हुनेछ । यस सिनेमाका मुख्य एक्सन सिनहरु मुम्बईस्थित फिल्म सिटीमा सुट गरिएको छ ।

सिनेमामा अभिनेता सञ्जय दत्त भिलेनको रोलमा देखिनेछन् । उनले शुद्ध सिंह नामक पात्रको भूमिका निभाएका छन् । करण मल्होत्राले निर्देशन गरेको सिनेमामा रणबीर र संजयसँगै वाणी कपूरको अभिनय छ । यो सिनेमा २०२२ मार्च १८ तारिखदेखि प्रदर्शन हुनेछ ।