सञ्जयको ‘गंगुबाई काठियावाडी’सँग भिड्दै ‘आरआरआर’

सञ्जयको ‘गंगुबाई काठियावाडी’सँग भिड्दै ‘आरआरआर’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्टोबर २२ देखि मुम्बईका सबै हल खुल्ने भएपछि बलिउड सिनेमाले धमाधम रिलिज डेट तोकिरहेका छन् । केहि दिन अगाडी सञ्जयलीला भन्सालीको सिनेमा ‘गंगुबाई काठियावाडी’ले ६ जुनलाई प्रदर्शन मिति तोकेको थियो । भने अब, ७ जुनमा एसएस राजामौलीको सिनेमा ‘आरआरआर’ हुने भएको छ ।

हालै सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले रिलिज डेट तोकेको हो । यी दुवै सिनेमामा आलिया भट्ट र अजय देवगनको अभिनय छ । ‘आरआर’मा जुनियर एनटीआर र राम चरणको मुख्य भुमिका छ । दुई ठूला सिनेमा बक्स अफिसमा भिड्ने भएपछि अन्य सिनेमालाई समेत असर पर्ने बताइएको छ ।

यी दुई सिनेमासँगै ‘जयन्तीलाल गेंडा’ पनि रिलिज हुने भएको छ ।