अक्षयको ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने

अक्षयको ‘सूर्यवंशी’ नोभेम्बर ५ मा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्षय कुमार अभिनित सिनेमा ‘सूर्यवंशी’ ५ नोभेम्बरमा रिलिज हुने भएको छ ।

सिनेमाले दिवालीलाई रिलिज डेट टार्गेट गरेपनि रिलिज डेट तय गरेको थिएन । हालै निर्माण टिमले सिनेमाको ‘आइला रे आइला’ गीतको टिजर सार्वजनिक गर्दै सिनेमा ५ नोभेम्बरमा रिलिज हुने जानकारी दिएका हुन् । उक्त गीत कार्तिक ४ गते सार्वजनिक हुँदैछ ।

रोहित शेट्टीले निर्देशन गरेको सिनेमामा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय छ ।