महंगो रकममा नेपाल ल्याउँदै ‘सूर्यवंशी’

महंगो रकममा नेपाल ल्याउँदै ‘सूर्यवंशी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमामा ‘सूर्यवंशी’ नेपाल आउने भएको छ । कोरोना महामारीपछि ठप्प रहेको सिनेमा हल चलायमान बनाउन महंगो रकममा सिनेमा नेपाल ल्याउन लागिएको हो ।

सिनेमा घर दर्शकको चाहानाले प्रेरित भएर आफूहरुले सिनेमा ल्याउने निर्णय गरेको वितरक मनोज राठीले बताएका छन् । पछिल्लो समय हलमा दर्शकको संख्या न्यून छ । इकाजमा प्रकाशित भएको समाचार अनुसार सिनेमाका निर्माताले वितरकसँग ८० लाख भारु मागेका थिए ।

वितरकले अहिलेको समयमा यत्तिको महंगो रकम नेपालबाट उठ्ने सम्भावना नरहेको बताए पनि बलिउड सिनेमाका निर्माता नमानेपछि यही रकमको हाराहारी तिर्न राजी भएको उल्लेख छ । ८० लाख भारतीय रुपैँया नेपालीमा रुपान्तरण गर्दा १ करोड ३० लाख हुन आउँछ ।

रोहित शेट्टीले निर्देशन गरेको सिनेमामा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय छ । यो सिनेमा ५ नोभेम्बरबाट रिलिज हुँदैछ ।