अनुष्का र विराटको १० महिनाकी छोरीलाई रेपको धम्की

अनुष्का र विराटको १० महिनाकी छोरीलाई रेपको धम्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टी ट्वान्टी वर्ल्ड कप २०२१ मा पराजित भएपछि भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली सामाजिक सञ्जालमा ट्रोलका शिकार भएका छन् । उनी मात्रै नभई विराट र अभिनेत्री अनुष्का शर्माको १० महिनाकी छोरी वामिकालाई रेपको धम्की आइरहेको छ ।

रेपको धम्की आएपछि दिल्ली महिला आयोगले दिल्ली पुलिसलाई नोटिस पठाएका छन् । साथै उनीहरुले आरोपीलाई गिरफ्तार गर्न माग गरेका छन् । यस धम्की बारे विराट र अनुष्काले केहि बयान दिएका छैनन् । तर, पाकिस्तानका पूर्व क्रिकेटर इंजमाम उलले कसैलाई पनि क्रिकेटरको परिवारको आलोचना गर्ने हक नभएका बताएका छन् ।

‘विराट कोहलीको छोरीलाई धम्की दिइरहेका छन् भन्ने सुनेको छु । मान्छेहरुले यो एक खेल मात्र हो, हार जित हुन्छ भनेर बुझ्न आवश्यक छ । यसमा अलग-अलग देश खेल्छन्, चाहे भारत होस या पाकिस्तान । तपाईहरुलाई कोहलीको कप्तानी मन परेन भने उनको आलोचना गर्ने पुरा हक छ । तर क्रिकेटरको परिवारलाई निशाना बनाउने हक छैन’ उनले एक युट्युब च्यानलमा बताएका छन् ।