‘सूर्यवंशी’लाई मल्टिप्लेक्समा उच्च शो

‘सूर्यवंशी’लाई मल्टिप्लेक्समा उच्च शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – असोज २६ गते फुलपातीदेखि सिनेमा हलहरु सञ्चालनमा आइरहेको छ । हलमा केहि हलिउड सिनेमा र नेपाली सिनेमा प्रदर्शनमा आएका थिए । तर, उक्त सिनेमाहरुले दर्शकलाई हलसम्म तान्न सकेन ।

कार्तिक ५ गते देखि रोहित शेट्टी निर्देशित सिनेमा ‘सूर्यवंशी’ प्रदर्शन हुँदैछ । महामारीपछि भारतमा मात्र नभई नेपालमा पनि दर्शकलाई हलसम्म ल्याउने आशा सिनेकर्मीहरुको छ । यो सिनेमाले सिनेमा क्षेत्रलाई चलयामान बनाउन सहयोग गर्न भन्ने अपेक्षाले वितरकहरुले महंगो रकममा सिनेमा नेपाल ल्याएका हुन् । सिनेमा १ करोड ३० लाखमा नेपाल ल्याइएको चर्चा छ । यो सिनेमा एकैपटक नेपालको सय वटा हलमा प्रदर्शन हुनेछ । कोरोना महामारीपछि उच्च शो पाउने यो पहिलो सिनेमा हो ।

सिनेमाले मल्टिप्लेक्समा पनि उच्च शोज पाएको छ । क्यूएफएक्सले ५८ शोज दिएको छ । भने वान सिनेमाजमा ६ र विग मुभिजमा ११ शोज पाएको छ । सिनेमामा अजय देवगन, कट्रीना कैफ, अजय देवगन र रणवीर सिंहको मुख्य भुमिका छ ।