नेपाल र भारतमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग

नेपाल र भारतमा ‘सूर्यवंशी’को बम्पर ओपनिङ्ग

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अक्षय कुमार अभिनित सिनेमा ‘सूर्यवंशी’ दिवालीको अवसर पारेर कार्तिक १९ गतेदेखि प्रदर्शन भइरहेको छ । यो सिनेमाले नेपाल र भारतमा बम्पर ओपनिङ्ग गरेको छ ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सिनेमाले बक्स अफिसमा २६.२९ करोड कलेक्सन गरेको छ । भारतको महाराष्ट्र र गोवामा अहिले पनि ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन भइरहेका छन् । ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन हुँदा पनि सिनेमाको कमाईमा खासै असर देखिएको छैन ।

त्यस्तै, यो सिनेमाले नेपालमा कोरोना महामारीले ठप्प भएको सिनेमा हललाई चलायमान बनाउन सहयोग पुर्याएको छ । वितरक मनोज राठी भन्छन्, ‘शुक्रबार बिहान धेरै दर्शकले सिनेमा हरेपछि सिनेमाले राम्रो ओपनिङ्ग गरेको छ । हामीले सोचेभन्दा पनि राम्रो भयो ।’ उनले केहि सिनेमा हल हाउसफुल भएको कारण टिकट नपाएर दर्शक फर्किनु परेको समेत बताए ।

रोहित शेट्टीले निर्देशन गरेको सिनेमामा अक्षयसँगै अजय देवगन, कट्रीना कैफ, र रणवीर सिंहको अभिनय छ ।