पद्मश्री अवार्ड पाएपछि कंगना भन्छिन्, ‘धेरैको मुख बन्द गर्नेछ’

पद्मश्री अवार्ड पाएपछि कंगना भन्छिन्, ‘धेरैको मुख बन्द गर्नेछ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेत्री कंगना रनावत पद्मश्री अवार्डबाट सम्मानित भएकी छन् । सोमबार नयाँ दिल्लीमा उनीलगायत कला क्षेत्रका सिनेमा निर्माता करण जोहर, एकता कपूर र दिवंगत गायक एस.पी बालासुब्रमण्यमलाई पनि राष्ट्रपति रामनाथ कोविंदको हातबाट पद्मश्री सम्मान प्रदान गरिएको थियो ।

अवार्ड पाएपछि कंगनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । ‘मैले एक कलाकार नाताले निकै माया र सम्मान पाइरहेको छु । तर, आज पहिलो पटक एक आदर्श नागरिकको नाताले सरकारको तर्फबाट पद्मश्री पुरस्कार पाएको छु । यसको लागि म निकै आभारी छु । जब, मैले आफ्नो करियरको सुरुवात गरेको थिए । लामो समयसम्म सफलता पाइन । ८, १० वर्षपछि सफलता हासिल गरेपछि त्यस सफलताको मज्जा नलिई फियरनेश प्रोडक्स, आइटम नम्बरलाई बहिष्कार गरे । त्यस्तै ठूला प्रोडक्सन र ठूला कलाकारसँग सिनेमा गर्न अस्विकार गरे । पैसा भन्दाबढि दुश्मन बनाए । देशलाई लिएर अझै जागरुकता आएपछि देशलाई तोड्ने शक्ति विरुद्ध आवाज उठाए । चाहे त्यो पाकिस्तान होस या अन्य दुश्मन देश । थाहा छैन ममाथि अझै पनि कति केस छ । अक्सर मानिसहरु मलाई यो सब गरेर के पाउँछौं भनेर सोध्छन् । यो पद्मश्री अवार्डले धेरैको मुख बन्द गर्नेछ’ कंगनाले भनेकी छन् ।

पछिल्लो महिना ६७ औं राष्ट्रिय सिनेमा पुरस्कारमा सिनेमा ‘मणिकर्णिका द क्वीन अफ झाँसी’ र ‘पंगा’बाट कंगनाले सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार हात पारेकी थिइन् ।

-एजेन्सी