महामारीपछि सय करोड कमाउने पहिलो सिनेमा बन्यो ‘सुर्यवंशी’

महामारीपछि सय करोड कमाउने पहिलो सिनेमा बन्यो ‘सुर्यवंशी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– कोरोना महामारीपछि बलिउड अभिनेता अक्षय कुमार अभिनित सिनेमा ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमै सय करोड व्यापार गरेको छ । कोरोना महामारीको कारण महाराष्ट्र र गोवाका सिनेमा हलहरु अझै ५० प्रतिशत अनुपेन्सीमा सञ्चालन भइरहेको छ । यस्तो अवस्थामा पनि सूर्यवंशी करोड क्लबमा समावेश भएको छ ।

कोरोना महामारी अघि सन् २०२० जनवरीमा रिलिज अजय देवगनको सिनेमा ‘तान्हाजी’ले सय करोड व्यापार गरेको थियो । त्यसपछि कुनै पनि सिनेमाले राम्रो व्यापार गर्न सकेको थिएन ।

भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सुर्यवंशीले बक्स अफिसमा पहिलो दिन २६. २९ करोड कलेक्सन गरेको थियो । सिनेमाले दोस्रो दिन २३.८५ करोड, तेस्रो दिन २६. ९४ करोड, चोथ्रो दिन १४.५१ करोड र पाँचौ दिन ११.२२ करोड कलेक्सन गर्दै करोड क्लबमा प्रवेश गरेको छ । सिनेमाले जम्मा १०२. ८१ करोड गरेको छ ।

योसँगै अक्षयको सय करोड व्यापार गर्ने ‘सूर्यवंशी’ १५औं सिनेमा बनेको छ । उनको सय करोड व्यापार गर्ने सिनेमामा ‘राउडी राठोर, हाउसफूल–२, होलिडे, एयरलिफ्ट, हासउफुल–३, रुस्तम, जोली एलएलबी–२, ट्वाइलेट एक प्रेम कथा, गोल्ड, २.०, केसरी, मिसन मंगल, हाउसफुल–४, गुड न्युज र सूर्यवंशी’ हुन् ।

रोहित शेट्टीले निर्देशन गरेको सिनेमा ‘सूर्यवंशी’मा अक्षयसँगै अजय देवगन, कट्रीना कैफ, र रणवीर सिंहको अभिनय छ ।