करणसँगको मनमुटावबारे कार्तिक भन्छन्, ‘नेगेटिभ स्टोरीले परिवारलाई असर पार्छ’

करणसँगको मनमुटावबारे कार्तिक भन्छन्, ‘नेगेटिभ स्टोरीले परिवारलाई असर पार्छ’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन हाल ‘धमाका’को प्रमोशनमा व्यस्त छन् । यो सिनेमा नोभेम्बर १९ बाट नेटफ्लिक्समा रिलिज हुँदैछ । यसैबीच आर्यनले धर्मा प्रोडक्सनसँगको मनमुटाब बारे खुलासा गरेका छन् ।

केहि समय अगाडी उनलाई करण जोहरको प्रोडक्सन हाउसले ‘दोस्ताना २’बाट निकालेको थियो । कार्तिकको अनप्रोफेशनल व्यवहारको कारण सिनेमाबाट निकालिएको खबर बाहिरिएको थियो । तर, यसबारे कार्तिक र करण जोहरले केहि बोेलेका थिएनन् ।

हालै भारतीय मिडियासँग कुराकानीमा कार्तिकले भने, ‘नेगेटिभ स्टोरीले आफ्नो परिवारलाई निकै असर पार्छ । म यस दुनियासँग परिचित छु । त्यसैले मलाई केहि फरक पर्दैन । तर मेरो परिवारलाई असर पर्छ । यहि मेरो चिन्ताको विषय हो । यदि म कुनै काम चुकेको छु भने म आफै सुधार्ने कोसिश गर्छु ।’

-एजेन्सी