रणवीर र दीपिका अभिनित ‘८३’ को अफिसियल ट्रेलर सार्वजनिक

रणवीर र दीपिका अभिनित ‘८३’ को अफिसियल ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रणवीर सिंह र दीपिका पादुकोण स्टारर सिनेमा ‘८३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा रणवीर कपिल देवकै दुरुस्तै पात्रका देखिएका छन् । कपिलको भूमिकामा रणवीरको रुपान्तरण र उनको अभिनयको प्रशंसा भएको छ । भारतीय क्रिकेट टीमको खेलमार्फत ट्रेलर सुरुवात गरिएको छ ।

भारतीय टीमका खेलाडीहरु एकपछि अर्को गरी आउट हुन्छन् र टीमको आशा कपिल देवमा टिकेका हुन्छन् । सन् १९८३ मा भारतीय क्रिकेट टोलीले खेलेको विश्वकपलाई लिएर सिनेमा निर्माण भएको हो ।

सिनेमामा पंकज त्रिपाठी तत्कालिन भारतीय क्रिकेट टीमका व्यवस्थापक पीआरमान सिंहको चरित्रमा छन् । ३ मिनेट ४९ सेकेन्ड लामो ट्रेलरमा रणवीरमार्फत कपिल देवको जीवन यात्रालाई चित्रण गरिएको छ ।

सिनेमामा दीपिका पादुकोणले कपिलदेवकी पत्नी रोमी भाटियाको भूमिका निर्वाह गरेकी छिन् । सिनेमामा ताहिर राज भासिन, जीवा सलिम, जतिन सराना, चिराग पाटिलको पनि मुख्य भूमिका छ । आगामी डिसेम्बर २४ मा सिनेमा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।