anmol jasita

‘अन्तिम’को बक्सअफिसमा कमजोर सुरुवात, सलमानको स्टारडम घटेको आशंका

‘अन्तिम’को बक्सअफिसमा कमजोर सुरुवात, सलमानको स्टारडम घटेको आशंका

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानलाई बक्सअफिसको हिट मेशिन भन्ने गरिन्छ । विगत एक दशकयता उनले एकसेएक सुपरहिट सिनेमा दिएका छन् । तर, पछिल्लो केही वर्षयता रिलिज सिनेमा ‘ट्यूवलाइट, दबंग ३, राधे, भारत’ जस्ता कमजोर सिनेमाले उनको स्टारडम पनि कमजोर बनेको समिक्षकको विश्लेषण छ ।

सलमान अभिनीत नयाँ सिनेमा ‘अन्तिम’को कमजोर ओपनिङले पनि उनीप्रति दर्शकको विश्वास गुम्दै गएको देखिन्छ । सिनेमाले पहिलो दिन जम्मा ५ करोड ३ लाख कमाएको छ ।

सलमानको स्टारडमको तुलनामा सिनेमाको ओपनिङ अत्यन्त कमजोर हो । यस्तै, सिनेमाले दोस्रो दिन ६ करोड ३ लाख, तेस्रो दिन ७ करोड ५५ लाख र चौथो दिन ३ करोड २४ लाखको कमाई गरेको छ ।

ससनेमाले चार दिनमा २१ करोड ८५ लाख कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले जानकारी दिएका छन् । शनिवार र आइतवार केही राम्रो कमाई गरेको सिनेमाको सोमवारबाट व्यापारमा गिरावट आउन थालेको छ ।

यद्यपि, सिनेमालाई भने समीक्षकबाट उत्कृृष्ट प्रतिक्रिया मिलेको छ । महेश मान्जरेकर निर्देशित सिनेमामा आयुष शर्मा र महिमा मकवानाको पनि मुख्य भूमिका रहेकोछ ।