पुजा र प्रदीप अभिनित ‘जुलेवी’को म्युजिक भिडियो सार्वजनिक

पुजा र प्रदीप अभिनित ‘जुलेवी’को म्युजिक भिडियो सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको म्युजिक भिडियो जुलेवी रिलिज गरिएको छ । सिनेमा निर्माता अमृत घोले लामाको स्वर रहेको गीतको भिडियो औसत बनेको छ ।

निर्माता लामालाई गायनमा अस्मिता अधिकारीले साथ दिएकी छन् । शंकर थापा स्माइलको संगीत रहेको गीतको शब्द रचना गणेश शाहीले गरेका हुन् । गीतको भिडियोमा कोरियोग्राफी र निर्देशनको जिम्मेवारी द नेस्टका प्रदीप लामाले सम्मालेका छन् ।

प्रदीप स्यंयमले अभिनय गरेको गीतमा अभिनेत्री पुजा शर्मालाई फिचर्ड गरिएको छ । सुसन प्रजापतिले छायांकन गरेको भिडियोलाई सम्पादन र कलर कृष्ण भण्डारीले गरेका हुन् ।

निर्माता लामाले यसअघि अभिनेता आर्यन सिग्देल र मिरुना मगरलाई लिएर सिनेमा ‘च च हुई’ र केही म्युजिक भिडियो निर्माण गरिसकेका छन् । जुलेवीको भिडियो एजीएलको अफिसियल युट्युब च्यानलमा अपलोड गरिएको छ ।