भगवान र मान्छेको द्धन्द्वको कथा ‘ईओजी’ टिजर रिलिज

भगवान र मान्छेको द्धन्द्वको कथा ‘ईओजी’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ईओजी’ (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डे सिनेमाका निर्देशक हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।

सिनेमाको १ मिनेट ४१ सेकेण्डको टिजरमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानहरुको कथालाई देखाइएको छ । टिजरले दर्शकमा फिल्मप्रति चासो र कौतुहलता जन्माएको छ । टिजरमा ‘के भगवान छन् ?’ भनेर प्रश्न समेत गरिएको छ ।

सगुन पोखरेलको निर्माण रहेको सिनेमामा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, सरिता ढुंगानाको साथमा भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतिक दुलाल, अस्मिता खनालसँगै रंगमञ्चका पचासभन्दा बढी कलाकारहरुको अभिनय छ ।

संगीत सापकोटाको कथा रहेको सिनेमामा मोनिस निरौला र उत्सव बुढाथोकीको संगीत छ । ‘ईओजी’ मा क्राइसिस ज्याक ९कृष्ण० को छायांकन, रोमी मोसेस तन्डुकारको सम्पादन, विक्रम भण्डारीको भिएफएक्स र शक्ति राईको कला निर्देशन रहेको छ ।

निर्माण टिमले टिजर सार्वजनिक गरे पनि सिनेमाको प्रदर्शन मिति घोषणा गरेको छैन । निर्देशक पाण्डेले सिनेमालाई यसै वर्ष प्रदर्शन गर्ने योजना रहेको बताए । सिनेमाले दर्शकलाई फरक स्वाद दिने विश्वास निर्माण टिमलाई छ ।