निश्चल र स्वस्तिमा अभिनित ‘घामड शेरे’ युट्युवमा रिलिज

निश्चल र स्वस्तिमा अभिनित ‘घामड शेरे’ युट्युवमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हेमराज विसी निर्देशित सिनेमा ‘घामड शेरे’ युट्युबमा रिलिज गरिएको छ । सिनेमामा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ । युट्युवमा सार्वजनिक भएसँगै सिनेमालाई उत्कृष्ट प्रतिक्रिया मिलिरहेको छ । यो सिनेमा बक्सअफिसमा असफल सावित भएको थियो ।

एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव बोकेको सिनेमामा निश्चल केन्द्रिय भूमिकामा छन् । सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको पनि सिनेमामा अभिनय छ ।

निर्देशक विसीकै कथा, पटकथा रहेको सिनेमालाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । प्रमुख पात्रले खोला विरुद्द हालेको मुद्दा सिनेमाको केन्द्रिय द्वन्द्व हो । बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ ।

नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ । अहिलेसम्मको अवस्थामा सिनेमा युट्युव ट्रेन्डिङको दोस्रो स्थानमा छ ।