अल्लु अर्जुनको एक्सन थ्रिलर ‘पुष्पा’ ट्रेलर रिलिज

अल्लु अर्जुनको एक्सन थ्रिलर ‘पुष्पा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – तेलुगु सुपरस्टार अल्लु अर्जुन अभिनित प्यान इन्डिया सिनेमा ‘पुष्पा’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिंन्दी ट्रेलर भने मंगलबार मात्र सार्वजनिक गरिएको छ ।

सिनेमामा मुख्य अभिनेता अल्लु अर्जुनलाई अहिलेसम्म कै भिन्न अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाईरहेको छ । पुष्पाले अल्लु अर्जुजलाई प्यान इन्डिया स्टारको रुपमा स्थापित गर्ने विश्वास फ्यानलाई छ । एक्सन प्रधान ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् ।

डिसेम्वर १७ तारिखबाट सिनेमा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । सुकुमारले निर्देशन गरेको यो सिनेमामा अल्लु अर्जुनका अलवा रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।