हरर सिनेमा ‘कठपुतली’को ट्रेलर सार्वजनिक

हरर सिनेमा ‘कठपुतली’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हरर सिनेमा ‘कठपुतली’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको डरलाग्दो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर हेनुहोस् :

भिमसेन लामाले निर्देशन गरेको सिनेमामा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । यो सिनेमाको कथा सम्पदा मल्लले लेखेकी हुन् ।

पृथ्वी राना मगर निर्माता रहेको सिनेमाको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर सिनेमाभन्दा भिन्न रहेको निर्देशक लामाले बताए । उनी आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । यो सिनेमा पौष १६ गतेदेखि प्रदर्शन हुनेछ ।

सिनेमाले गत महिना मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जितेको छ । यस्तै, ’कठपुतली’का सिनेमाटोग्राफर जोएल फ्रुमले अष्ट्रेलियन सिनेमाटोग्राफर सोसाइटीले प्रदान गर्ने अवार्डमा फिचर सिनेमा अन्तर्गत ’बेष्ट सिनेमाटोग्राफर अवार्ड २०२१’ पनि जितेका छन् ।