विल्सन छोरीको पिता बने

विल्सन छोरीको पिता बने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हास्य कलाकार विल्सन विक्रम राईलाई पुत्रीलाभ भएको छ । उनकी श्रीमती सरिना लामाले बिहीबार बिहान झापाको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

छोरी जन्मेको खुशी बाड्दै विल्सनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो परिवारको नयाँ सदस्यको शुभ आगमन भएको छ । मलाई छोरीको बाबु र मेरो जीवनसाथी सरिना लामालाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त हुदा औधी भाग्यमानी ठानेको छु । मेरो छोरी सभ्यता वि राई स्वागत शुभ आशिर्वाद..’

हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट ‘तक्मे बुढा’को नामले चर्चित भएका विल्सन पछिल्लो समय सिनेमामा व्यस्त छन् ।