सिनेमा ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति घोषणा

सिनेमा ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश पाल्पालीको निर्देशनमा निर्माण भएको सिनेमा ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति घोषणा गरिएको छ । गाउँबाट आएको एक युवकले शहरिया बन्नका लागि गरेको यात्राको कथा समेटिएको सिनेमा चैत ४ गते रिलिज हुनेछ ।

निर्देशक दिनेश पाल्पालीका अनुसार आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने युवाको कथा सिनेमामा समावेश छ । सिनेमाले मुख्य चार चरित्रमार्फत मानिसको अन्तरयात्राको कथालाई देखाउन खोेजेको निर्देशक पाल्पालीले बताए ।

‘चिसो एस्ट्रे’मा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् । यस्तै, पर्दामा उनलाई निकुन श्रेष्ठ, नवीन लम्साल, सुशीलराज पाण्डे, रविन तामाङ र सृष्टि श्रेष्ठले साथ दिएका छन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमालाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । सिनेमाका निर्माता प्रवीन स्याङ्बा र शर्मिला पराजुली हुन् । सिनेमाको सह-निर्मातामा रुपेश ढुंगाना र नवीन ढुंगाना छन् ।

सिनेमामा दिनेशले लेखन तथा निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । सिनेमामा अजर जंगमको संगीत, उज्ज्वल बस्ताकोटीको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।