anmol jasita

युट्यब ट्रेन्डिङको शिर्ष स्थानमा ‘घामड शेरे’

युट्यब ट्रेन्डिङको शिर्ष स्थानमा ‘घामड शेरे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हेमराज विसी निर्देशित सिनेमा ‘घामड शेरे’ युट्युब टेन्डिङको शिर्ष स्थानमा छ । सिनेमा युट्युबमा रिलिज भएको ३ दिनभित्रै ट्रेन्डिङको पहिलो नम्बरमा आएको हो । सिनेमामा अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ ।

युट्युवमा सार्वजनिक भएसँगै सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । यो समाचार तयार पार्दा २९ लाख ८८ भन्दाबढि भ्युज पाएको छ । भने ९९ हजार लाइक पाएको छ । एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव बोकेको सिनेमामा निश्चल केन्द्रिय भूमिकामा छन् । सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारको पनि सिनेमामा अभिनय छ ।

निर्देशक विसीकै कथा, पटकथा रहेको सिनेमालाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्मित सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ ।

नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ । यो सिनेमा बक्सअफिसमा असफल भएको थियो ।