विवाह बन्धनमा बाँधिएका कटरीना र विक्की

विवाह बन्धनमा बाँधिएका कटरीना र विक्की

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाँधिएका छन् । बिहीवार सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा उनीहरुको विवाह भएको हो ।

बिहीवार साँझ सार्वजनिक भएको बिहेको तस्विरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् भने विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् । दुवैले बिहेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विक्की र कटरीनाले बिहेको तस्विरसँगै क्याप्सनमा लेखेका छन्, ‘हाम्रो दिलमा प्रेम र कृतज्ञता छ, जसले हामीलाई यो पलसम्म ल्याएको हो । तपाईंहरु सबैको प्रेम र आशीर्वादको कामना गर्दै हामी एकसाथ नयाँ यात्राको सुरुवात गर्दैछौं ।’ उनीहरुको विवाहमा दुवै पक्षका परिवारका सदस्यसँगै अर्जुन कपूर, कनिका कपूर, करन जौहर, फराह खान लगायत उपस्थित भएका थिए ।

बुधवार बिहान विक्की र कटरीनाको मेहन्दी सेरोमनी भएको थियो भने साँझ संगीत कार्यक्रम राखिएको थियो । संगीत सेरोमनीमा विक्की र कटरीनाले पञ्जाबी र राजस्थानी गीतमा नृत्य गरेका थिए । कटरीनालाई लिनका लागि विक्की विन्टेज कारमा चढेर पुगेका थिए । विवाह समारोहलाई ५/७ किसिमका फूलले सजाइएको थियो । केही दिनमै उनीहरुले रिसेप्सन पार्टीको आयोजना गर्दैछन् ।