बर्षा राउत ‘लाखे’को मुख्य भुमिकामा अनुबन्धित

बर्षा राउत ‘लाखे’को मुख्य भुमिकामा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘लाखे’मा अभिनेत्री बर्षा राउत अनुबन्धित भएकी छन् । सिनेमाको मुख्य अभिनेत्रीको रुपमा बर्षा अनुबन्धित भएको निर्माण टिमले जनाएको छ ।

‘लाखे’ सिनेमाको कथा मनपरेको कारण सिनेमासँग आफु जोडिएको बर्षाले बताइन् । ‘कथाबस्तुमात्र होइन सिनेमाको युनिट पनि एकदमै राम्रो छ’ बर्षाले भनिन् ‘लाखे’ मा मेरो भुमिका अहिलेसम्मकै फरक देख्न सक्नुहुन्छ ।’

बर्षासँगै सिनेमाको युनिट पुरा भएको छ । सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायत मुख्य कलाकार रहेको सिनेमामा बर्षा कस्को जोडीको रुपमा देखिने हुन् त्यो भने निर्माण युनिटले अहिले गोप्य राखेको छ ।

सिनेमामा सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको सिनेमाको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

ठुलो बजेटमा निर्माण हुन लागेको सिनेमाको दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । सिनेमाको छायांकन आगामी पुसको दोस्रो साताबाट सुरु निर्माण युनिटले जानकारी दिएको छ ।