दयाहाङ र उपासना अभिनित ‘कबड्डी कबड्डी कबड्डी’ युट्युवमा रिलिज

दयाहाङ र उपासना अभिनित ‘कबड्डी कबड्डी कबड्डी’ युट्युवमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइमस, काठमाडौं – कोरोना महामारी अघि रिलिज भएको सुपरहिट सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ युट्युवमा रिलिज गरिएको छ । रामबाबु गुरुङ निर्देशित सिनेमाले समीक्षक तथा दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।

मैया (रिश्मा गुरुङ) प्रतिको एकतर्फी प्रेममा बहकिएका काजी (दयाहाङ राई)को जीवनमा नयाँ सोल्टिनी (उपासना सिंह ठकुरी)को इन्ट्री भएको छ । तर, काजी मैया बाहेक अरुसँग फेरि प्रेम गर्न चाहदैनन् । के नयाँ सोल्टिनीसँग काजीको लगन जुर्ला त ? नातावादसँग रुमल्लिने कथामा यसपटक कर्मा शाक्य र विल्सनविक्रम राईको पनि इन्ट्री भएको छ । यिनै ४ पात्रले सिनेमाको कथा बोकेका छन् ।

निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डा सिंह गुरुङ, शिला खनाल र मणि के राई जस्ता कलाकारको पल्टन छ ।

सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी रहेको सिनेमामा रुदेन सदा लेप्चाको सह-लगानी छ ।