जोनको ‘अट्याक’को टिजर रिलिज, सेप्टेम्बर ९ मा रणबीरको ‘बह्मास्त्र’

जोनको ‘अट्याक’को टिजर रिलिज, सेप्टेम्बर ९ मा रणबीरको ‘बह्मास्त्र’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता जोन अब्राहमको आगामी सिनेमा ‘अट्याक’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा धमाकेदार एक्सन देखाइएको छ । टिजर हेर्नुहोस् :

लक्ष्य राज आनन्दको लेखन तथा निर्देशन रहेको सिनेमामा जोनसँगै ज्याकलीन फर्नाडिस र रकुल प्रीतको अभिनय छ । यो सिनेमा जनावरी २८ मा रिलिज हुनेछ ।

सेप्टेम्बर ९ मा रणबीरको ‘बह्मास्त्र’
रणबीर कपूर अभिनित सिनेमा बह्मास्त्र २०२२ सेप्टेम्बर ९ मा रिलिज हुने भएको छ ।

अयान मुखर्जीले निर्देशन गरेको सिनेमामा रणबीर शिवको अंशको रुपमा देखिदैछन् भने आलिया भट्ट धरेंगी रुपमा देखिदैछिन् । सिनेमा हिन्दी, तमिल, तेलुगु, मलायलम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । निर्माण टिमले सिनेमा थ्रीडीमा रिलिज गर्ने बताएका छन् ।