विजयको ‘लाइगर’ भदौ ९ गते रिलिज हुने, मसिंर २३ मा इशानको ‘पिप्पा’

विजयको ‘लाइगर’ भदौ ९ गते रिलिज हुने, मसिंर २३ मा इशानको ‘पिप्पा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – साउथ अभिनेता विजय देवरकोन्डा अभिनित बलिउड सिनेमा ‘लाइगर’को प्रदर्शन मिति तय भएको छ । निर्माण टिमले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै २५ अगष्ट २०२२ अर्थात भदौ ९ गते रिलिज हुने जानकारी दिएका छन् ।

पुरी जगन्नाथले निर्देशन गरेको सिनेमामा विजयसँगै अनन्या पाण्डे र माइक टायसनको मुख्य भुमिका छ । यो सिनेमा मार्फत विजय बलिउडमा डेब्यू गर्दैछन् । त्यस्तै, माइक टायसन पनि बलिउड सिनेमामा पहिलो पटक देखिदैछन् । बक्सिङ्ग च्याम्यिनशिपमा आधारित सिनेमा हिन्दी, तेलुगू, तमिल, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ । सिनेमालाई करण जोहरले निर्माण गरेका हुन् ।

डिसेम्ब ९ मा इशानको ‘पिप्पा’
बलिउड अभिनेता इशान खट्टर अभिनित सिनेमा ‘पिप्पा’को प्रदर्शन मिति तय भएको छ । सिनेमा २०२२ डिसेम्बर ९ अर्थात मंसिर २३ गते रिलिज हुने भएको छ ।

राजा कृष्ण मेननले निर्देशन गरेको सिनेमामा इशानसँगै मृणाल ठाकुर, सोनी राज्दन लगायत कलाकारको अभिनय छ ।