नेपाली हलमा शुक्रबारबाट ‘स्पाइडरम्यान र पुष्पा’ रिलिज

नेपाली हलमा शुक्रबारबाट ‘स्पाइडरम्यान र पुष्पा’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली सिनेमा ‘चपली हाईट ३’ दुई सातापछि सरेसँगै नेपाली हलमा हलिउड सिनेमा ‘स्पाइडरम्यान’ र हिंन्दी डब सिनेमा ‘पुष्पा’ रिलिज भएको छन् । दुवै सिनेमाले शुक्रबारको विहानी शोबाटै राम्रो सुरुवात गरेका छन् ।

क्यूएफएक्सले मुलुकभरका आउटलेटमा यसलाई पहिलो दिन ५७ सोज दिएको छ । भने पुष्पाले ३० सोज उपलब्ध गराएको छ । थ्रीडी र टुडी दुबै संस्करणमा रिलिज भएको ‘स्पाइडरम्यान’ले नेपाली सिनेमाका निर्मातालाई सिनेमा रिलिजको हौसला प्रदान गर्ने विश्वास छ ।

शुक्रबारै रिलिज भएको हिंन्दी डब सिनेमा ‘पुष्पा’ पनि शुक्रबार लगभग हाउसफूल प्रदर्शन भैरहेको छ । अल्लु स्टारर सिनेमाले मल्टिप्लेक्ससहित मोफसलका एकल पर्दामा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ । सुकुमारको निर्देशनमा निर्माण भएको सिनेमालाी मैत्री मुभि मेकरको लगानी छ । सिनेमामा रश्मिका मन्दना, सुनिल, राव रमेश र फहाद फासिल लगायतका कलाकारको अभिनय रहेको छ ।