युट्यवमा पनि ब्लकबस्टर ‘कबड्डी कबड्डी कबड्डी’, दर्शकको उत्कृष्ट प्रतिक्रिया

युट्यवमा पनि ब्लकबस्टर ‘कबड्डी कबड्डी कबड्डी’, दर्शकको उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

काठमाडौं । कोरोना महामारी अघि सिनेमा हलमा ब्लकबस्टर व्यापार गरेको सिनेमा ‘कबड्डी कबड्डी कबड्डी’ पनि केही दिनअघि यूट्युबमा सार्वजनिक भएको छ । बक्सअफिसमा १४ करोडमाथिको व्यापार गरेको ‘कबड्डी ३’ ले यूट्युबमा भ्यूजको रेकर्ड नै राखेको छ । सिनेमालाई दर्शक प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ ।

यूट्युबमा रिलिजको २४ घन्टामा १० लाख बढी भ्यूज कमाएको सिनेमालाई दुई दिनमा २४ लाख बढीले हेरिसकेका छन् । यूट्युब रिलिजको दुई दिनमा नेपाली सिनेमाले २४ लाखभन्दा बढी भ्यूज पाएको पहिलो रेकर्ड हालो । यसअर्थमा यूट्युबमा पनि सिनेमालाई ‘ब्लकबस्टर’ भन्न सकिन्छ । ८३ हजार लाइक्स पाइसकेको सिनेमा हाल यूट्युब ट्रेन्डिङको शिर्ष स्थानमा छ ।

रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डि कार्कीले खिचेको सिनेमाले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा उठान गरेको छ ।

सर्वाधिक सिक्वेल बन्ने नेपाली सिनेमाको सूचीमा दोस्रो स्थान बनाएको ‘कबड्डी’ को चौथो सिरिजको केही दिन अगाडि मात्र छायांकन सकिएको थियो । चाँडै निर्माण टिमले एक टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ ।