कोरियामा अदितिले हात पारिन् मोडल स्टार अवार्ड

कोरियामा अदितिले हात पारिन् मोडल स्टार अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एसिया मोडल अवार्डमा अभिनेत्री तथा मोडल अदिति बुढाथोकीले मोडल स्टार अवार्ड हात पारेकी छन् । कोरियामा आयोजित अवार्ड समारोहमा उनले मोडल स्टार अवार्ड हात पारेकी हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्यि रुपमा धेरै प्रोजेक्टमा काम गरेकी अभिनेत्री बुढाथोकीले नेपालको प्रतिनिधित्व गर्दै उक्त अवार्ड जितेकी हुन् ।

‘कृ’बाट नेपाली सिनेमामा डेब्यू गरेकी अदितिले हालै ‘बाबरी’को छायांकन सकेकी छन् । उनले थुप्रै भारतीय म्युजिक भिडियोमा पनि अभिनय गरेकी छन् ।