anmol jasita

‘मंगलम’ युट्यवमा रिलिज

‘मंगलम’ युट्यवमा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नवल नेपाल निर्देशित सिनेमा ‘मंगलम’ युट्यवमा रिलिज गरिएको छ । आइतबार रिलिज गरिएको सिनेमा हाल युट्यव ट्रेन्डिङको ९ औं स्थानमा छ ।

छविराज प्रोडक्सन र गुण सिनेमाको ब्यानरमा निर्मित सिनेमामा शिल्पा पोखरेल, पुष्प खड्का, मिथिला शर्मा, निर शाह, पृथ्वीराज प्रसाईं लगायतका कलाकारको अभिनय छ । सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह अतिथि भूमिकामा छिन् ।

दिजेन्द्र शाक्यको लगानी रहेको सिनेमाको कथा गोविन्द फुयालले तयार पारेका हुन् । विष्णु कल्पित घिमिरेले छायांकन गरेको सिनेमालाई मित्र देव गुरुङले सम्पादन गरेका छन् । यो सिनेमाले बक्स असिफमा राम्रो व्यापार गरेको थियो ।