माइ पे वालेटको ब्रान्ड एम्बेस्डरमा स्वस्तिमा र निराजन

माइ पे वालेटको ब्रान्ड एम्बेस्डरमा स्वस्तिमा र निराजन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का र मोडल निराजन प्रधान माइ पे नेपाल डिजिटल वालेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । उनीहरु एक वर्षका लागि माइ पे वालेटमा आवद्ध भएका हुन् ।

डिजिटल वालेटप्रति युवाहरुको आकर्षण बढी रहेकाले स्वस्तिमा र निराजनको माध्यमबाट युवाहरु माझ पुग्न थप सहयोग मिल्ने माइ पेका सिइओ मनोज मेहताको विश्वास छ ।

पछिल्ला दिनहरुमा नेपालीहरु डिजिटल प्रविधि प्रति आकर्षित भइरहेको बेलामा स्मार्ट कार्ड नेपाल प्रा. लि.ले नयाँ वालेट संचालनमा ल्याएको हो । हाल बजारमा रहेको भुक्तानी सेवा प्रदायकहरुले भन्दा नवीन र उत्कृष्ट सुविधाहरु यस वालेटबाट प्राप्त गर्न सकिनेछ ।