‘बजरंगी भाइजान २’ बनाउँदै सलमान

‘बजरंगी भाइजान २’ बनाउँदै सलमान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता सलमान खानको सिनेमा ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ । सलमानले आइतबार ‘आरआरआर’को एक कार्यक्रममा ‘बजरंगी भाइजान २’को घोषणा गरेका हुन् ।

उक्त कार्यक्रममा सलमानले एसएस राजामौलीको पिता केभी विजयन्द्रले आफ्नो करियरको उत्कृष्ट सिनेमा दिएको बताए । यस सिक्वेलको कथा पनि केभी विजयन्द्रले लेख्दैछन् ।

कार्यक्रमका सञ्चालक करण जोहरले यसको सिक्वेलको घोषणा भएको हो भनेर सोध्दा सलमानले ‘हो’ भनेर जवाफ दिएका थिए । बजरंगी भाइजानले बक्स अफिसमा लगभग ३०० करोडको व्यापार गरेको थियो ।

सन् २०१५ मा रिलिज भएको सिनेमालाई कबीर खानले निर्देशन गरेका थिए । सिनेमामा सलमानसँगै करीना कपूर खान, नवाजुद्दीन सिद्दीकी र हर्षाली मल्होत्रा मुख्य भुमिकामा थिए ।