रामबाबु निर्देशित ‘कबड्डी ४’ टिजर रिलिज (भिडियो)

रामबाबु निर्देशित ‘कबड्डी ४’ टिजर रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘कबड्डी ४ : द फाइनल म्याच’को टिजर सार्वजनिक गरिएको छ । सिनेमाको टिजर रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरिएको छ । सिनेमा २०७९ सालको वैशाख २३ गतेबाट रिलिज हुने जनाइएको छ ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको सिनेमामा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । सिनेमाको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

सिनेमाका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् । ‘कबड्डी’का अघिल्ला तीन सिरिज बक्सअफिसमा ब्लकबस्टर सावित भएका थिए ।